Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

दुर्गमको स्वास्थ्य चौकीलाई औषधि र उपकरण सहयोग

दुर्गमको स्वास्थ्य चौकीलाई औषधि र उपकरण सहयोग

  • 638
    SHARES
  • दुर्गमको स्वास्थ्य चौकीलाई औषधि र उपकरण सहयोग

    म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाको स्वास्थ्य चौकीलाई १४ लाखभन्दा बढी मूल्य बराबरको औषधि र उपकरण प्राप्त भएको छ ।

    दक्षिण कोरियाको द नानुम पल्स र मुगुङ्वा वेलफेयर वल्र्डले गुर्जा स्वास्थ्य चौकीलाई १४ लाख ८४ हजार ४०० मूल्य बराबरको औषधि र उपकरण सहयोग गरेको हो ।

    एक थान अक्सिजन कन्सनट्रेटर, इएनटी मेडिसिन, फोरकेप सेट र औषधि उपलब्ध गराइएको हो । संस्थाका प्रतिनिधि लिमजङ हि र छोमजङ हिले वडाध्यक्ष झकबहादुर छन्त्याललाई सामग्री र औषधि हस्तान्तरण गरेका छन् ।

    यस्तै, संस्थाले मंगलबार वडा कार्यालयसँग समन्वय गरेर आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट २०० जना लाभान्वित भएका छन् । चिकित्सक लोकेन्द्र छन्त्याल, गुर्जा स्वास्थ्यचौकीका सागर रोका, सुस्मिता छन्त्याल, रिमा शर्मालगायत स्वास्थ्यकर्मी र कर्मचारीले सेवा दिएका थिए ।

    शिविरमा स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरण गरिएको थियो । ज्येष्ठ नागरिकमा स्वासप्रश्वास र निमोनिया सम्बन्धी समस्या धेरै देखिएकाले त्यसबाट बच्ने उपाय र उपचारका विषयमा जानकारी गराएको चिकित्सक छन्त्यालले बताए ।

    भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित गुर्जाका बासिन्दालाई गाउँमै स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन शिविर आयोजना गरिएको वडाध्यक्ष छन्त्यालको भनाइ छ । सडक यातायातको सुविधा नपुगेको गुर्जा पुग्न छिमेकी वडा लुलाङबाटै पूरै एक दिन हिँड्नुपर्छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij