वेबटिभी खबर
काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपालले यही वैशाख ३० गते मानवीय उद्वार, सहायता उडान एवम् सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने बताएको छ ।
निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ अनुसार संघमा आबद्व सबै वायुसेवाले आन्तरिक उडान बन्द गर्न लागेका हुन् । संघले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij