Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

मावि तहको नतिजा पुनर्योग निवेदन पेश गर्ने भोलि अन्तिम दिन 

मावि तहको नतिजा पुनर्योग निवेदन पेश गर्ने भोलि अन्तिम दिन 

  • 985
    SHARES
  • मावि तहको नतिजा पुनर्योग निवेदन पेश गर्ने भोलि अन्तिम दिन 

    काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको लिखित परीक्षा (सामान्य) को नतिजा पुनर्योग सम्बन्धी सूचना जारी गरेको आज ६ दिन बितिसकेको छ ।

    आयोगले नतिजा पुनर्योग गर्न चाहनेहरूका लागि गत मंगलबार सूचना जारी गरेको थियो ।  

    आयोगको भनाइमा पाँच सय रूपैयाँ राजश्व तिरेको सक्कल रसिद, शैक्षिक योग्यता, तालिम वा अध्यापन अनुमति पत्रको प्रमाण पत्र र प्रवेशपत्रको प्रतिलिपिसहित आयोगको वेबसाइटमा भएको पुनर्योगको टाँचा प्रिन्ट गरी सोहीअनुसार विवरण भरी भोलि वैशाख २६ गतेसम्म कार्यालय समयभित्र निवेदन पेश गर्न सकिनेछ ।

    शिक्षक सेवा आयोगले म्याद समाप्त भएको मितिले ७ दिनभित्र निवेदकहरूको समष्टिगत विवरण समेत तयार गरी निवेदनसहित आयोगमा पठाउन सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइहरूलाई अनुरोध गरेको छ ।

    tsc.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij