वेबटिभी खबर
एजेन्सी । भारतको एउटा घरेलु एयरलाइन्सले शारिरिक रूपामा अशक्त एक किशोरलाई विमानमा यात्रा गराउन अस्वीकार गरेपछि चौतर्फी विराध भएको छ । एयरलाइन्सले विभेदपूर्ण व्यवहार देखाएको भन्दै सर्वसाधारणले गुनासो गरेका छन् । भारतका उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले त्यसबारे अनुसन्धान सुरु गरिएको बताएका छन् ।
इन्डिगो एयरलाइन्सले आफूहरूमाथि लगाइएका आरोप अस्वीकार गर्दै आएको छ । समावेशी संगठन भएकोमा आफूलाई गौरव महशुस भएको पनि कम्पनीले दाबी गरेको छ । उनी अन्य यात्रीका लागि जोखिमपूर्ण भएको एयरलाइन्सका कर्मचारीहरूले बताएका थिए ।
मन्त्री सिन्धियाले दोषीलाई उचित कारबाही गर्ने वाचा गर्दै आफूले व्यक्तिगत रूपमा घटनाको अनुसन्धान गरिरहेको बताए । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘यस्तो व्यवहारप्रति शून्य सहनशीलता छ । कुनै पनि मानिसले यसबाट गुज्रनु पर्दैन ।’
घटनाबारे नागरिक उड्डयन महानिर्देशनालयले पनि एयरलाइनसँग रिपोर्ट मागेको छ । विमानकी सहयात्री मनिषा गुप्ताले फेसबुकमा लेखेपछि राँची विमानस्थलमा भएको सो घटनाका बारेमा सार्वजनिक भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij