वेबटिभी खबर
काठमाडौं । शिक्षक सेवा आयोगले जुन प्रदेशबाट परीक्षामा सहभागी हुन चाहेको हाे सोही प्रदेश छनोट गरी माध्यमिक तहको अध्यापन अनुमति पत्रको फाराम भर्न आग्रह गरेको छ ।
आयोगले एक व्यक्तिले एक प्रदेशभन्दा बढी प्रदेशमा दरखास्त दिन नपाइने जनाएको छ ।
आयोगले भोलि वैशाख २९ गतेसम्म सिंगल दस्तुरमा र जेठ ५ गतेसम्मम दोब्बर दस्तुमा फाराम भर्न सकिने बताएको छ ।
आयोगले दोब्बर दस्तुरको समयावधिलाई उमेरहद, शैक्षिक योग्यता र तालिम प्रयाेजनका लागि गणना नगरिने जनाएको छ ।
अध्यापन अनुमति पत्रकाे फाराम बुझाउने अन्तिम मिति ५ जेठ
याे हेर्नुहाेस्
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij