Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

नौ महिनामा भित्रियो ७ खर्ब २४ अर्ब रेमिट्यान्स

नौ महिनामा भित्रियो ७ खर्ब २४ अर्ब रेमिट्यान्स

  • 478
    SHARES
  • नौ महिनामा भित्रियो ७ खर्ब २४ अर्ब रेमिट्यान्स

    काठमाडौं । नेपाल भित्रिने रेमिट्यान्समा ०.६ प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको नयाँ तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालमा ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

    अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिको तुलनामा यस वर्ष नेपाल भित्रिने रेमिट्यान्समा ०.६ प्रतिशतले कमी आएको हो ।अघिल्लो वर्ष सोही अवधिमा नेपालमा भित्रिने रेमिट्यान्स १६.५ प्रतिशतले बढेको थियो ।

    अमेरिकी डलरमा नेपाल भित्रिने रेमिट्यान्समा २.२ प्रतिशतले कमी आई ६ अर्ब ५ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १३.१ प्रतिशतले बढेको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij