Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

प्रचण्डको भ्रमणबारे चितवनका सिडिओ र प्रदेश प्रहरी प्रमुखसँग स्पष्टीकरण माग

प्रचण्डको भ्रमणबारे चितवनका सिडिओ र प्रदेश प्रहरी प्रमुखसँग स्पष्टीकरण माग

  • 871
    SHARES
  • प्रचण्डको भ्रमणबारे चितवनका सिडिओ र प्रदेश प्रहरी प्रमुखसँग स्पष्टीकरण माग

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को चितवन भ्रमणलाई लिएर निर्वाचन आयोगले बागमती प्रदेश प्रहरी प्रमुख‚ चितवनका प्रमुख जिल्ला अधिकारी र एसपीलाई स्पष्टीकरण सोधेको छ ।

    आयोगले चितवन भरतपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई स्पष्टीकरण सोधेको हो ।  

    बिहीबार आयोगले नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल भरतपुर पुगेको र मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न दिएको विषयलाई लिएर उनीहरूलाई स्पष्टीकरण पत्र सोधेको हो ।

    यसअघि आजै प्रचण्डलाई पनि आयोगले स्पष्टीकरण सोधेको थियो । प्रचण्डलाई यसअघि पनि २४ घण्टे स्पष्टीकरण सोधिएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij