वेबटिभी खबर
झापा । आइतबार राति अविरल वर्षासँगै परेको चट्याङ लागेर झापाको हल्दिबारी गाउँपालिका-२ राइटोल निवासी २६ वर्षीय भेना हास्दाको मृत्यु भएको छ ।
उनलाई राति घरबाट शौचालय जान बाहिर निस्किएको अवस्थामा चट्याङ लागेकाे थियो । चट्याङ लागेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij