Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

चट्याङ लागेर २ जनाको मृत्यु

चट्याङ लागेर २ जनाको मृत्यु

  • 402
    SHARES
  • चट्याङ लागेर २ जनाको मृत्यु

    काठमाडौं । काभ्रे र झापामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । काभ्रेको रोशी गाउँपालिका-९ पलान्चे बस्ने १६ वर्षीया साजनी लुङ्गेलीको चट्याङ लागेर सोमबार मृत्यु भएको छ । 

    बारीबाट घर फर्कने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि भकुण्डे स्थानीय मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  

    झापाको हल्दिबारी गाउँपालिका–२ राईटोल बस्ने २६ वर्षीय भेना हस्दाको चट्याङ लागेर सोमबार मृत्यु भएको छ । शौचालय गई घर फर्कने क्रममा अविरल बर्षासँगै परेको चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । 

  • सम्बन्धित विषय:

  • # चट्याङ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij