Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

स्थानीयवासीको अवरोधका कारण फोहोर व्यवस्थापनमा समस्या

स्थानीयवासीको अवरोधका कारण फोहोर व्यवस्थापनमा समस्या

  • 505
    SHARES
  • स्थानीयवासीको अवरोधका कारण फोहोर व्यवस्थापनमा समस्या

    काठमाडौं । काठमाडौं महानगरपालिका-१२ का स्थानीयवासीको अवरोधका कारण उपत्यकाको फोहोर व्यवस्थापनमा पुनः समस्या भएको छ ।

    यसअघि काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोलका स्थानीयवासीको अवरोधका कारण समस्या भएको थियो ।

    अहिले कामपा-१२ का स्थानीयवासीले टेकुस्थित ट्रान्फरस्टेसनमा जम्मा गरिएको फोहोरले आफूहरूलाई समस्या भएको भन्दै उक्त स्थानमा फोहोर राख्न नदिएपछि काठमाडौंका प्रत्येक चोकमा फोहोरको डङ्गुर मात्रै छैन, दुर्गन्धसमेत फैलिएको छ ।

    काठमाडौं महानगरपालिकाले पहिलो चरणमा संकलन भएको फोहोर टेकुको ट्रान्सफरस्टेसनमा राख्ने र त्यहाँबाट क्रमिकरूपमा ठूला टिपरको प्रयोग गरेर सिसडोल लाने गरिएको छ ।

    लामो समयसम्म टेकुमा फोहोर राख्दा अत्यधिक दुर्गन्ध फैलिएर समस्या भएको भन्दै स्थानीयवासीले तीन दिनदेखि अवरोध गरेका हुन् ।

    यो समस्या समाधानका लागि कामपा वातावरण विभाग र वडा १२ का स्थानीयवासीका प्रतिनिधिबीच छलफल भइरहेको कामपा वातावरण विभागका प्रमुख सरिता राईले जानकारी दिए ।

    यसअघि पासाङल्हामु राजमार्गअन्तर्गका स्थानीयवासीको निरन्तरको अवरोधपछि समय समयमा फोहोर व्यवस्थापनमा समस्या हुँदै आएको छ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत फोहोर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।

    स्थानीयवासीकै अवरोधका कारण गत फागुन, चैत र वैशाखमा मात्रै ४२ दिन फोहोरको व्यवस्थापन हुन सकेको थिएन । नियमित पानी पर्न सुरु भएको र वर्षाको समयमा अन्य समयको भन्दा बढी फोहोर निस्कने हुँदा आगामी दिन फोहोर व्यवस्थापनका हिसाबले कठिनाइ हुने कामपाको भनाइ छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij