Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

परीक्षा अगाडि नै प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा कर्मचारीसहित १० जना पक्राउ

परीक्षा अगाडि नै प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा कर्मचारीसहित १० जना पक्राउ

  • 742
    SHARES
  • परीक्षा अगाडि नै प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा कर्मचारीसहित १० जना पक्राउ

    मोरङ । मोरङको पूर्वाञ्चल विश्वविद्यालयमा हुन लागेको ईन्जिनियरिङ संकायतर्फको बीई दोस्रो सेमेस्टरको फिजिक्स विषयको मूल प्रश्नपत्र परीक्षा हुनुभन्दा पहिले नै बाहिर सार्वजनिक गरेको आरोपमा प्रहरीले विश्वविद्यालयका कर्मचारीसहित १० जनालाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेहरूमा मोरङका ४४ वर्षीय कोमल प्रसाद गौतम, संखुवासभाका ३५ वर्षीय गोपाल कार्की, रूपन्देहीका ३० वर्षीय विजय पोखरेल, गोरखाका ३२ वर्षीय मिन प्रसाद भट्ट, ३१ वर्षीय भरत पठन, गोरखाकै २६ वर्षीय विकास खड्का, सिन्धुपाल्चोकका २८ वर्षीय निर्मल खड्का, महोत्तरीका २९ वर्षीय नानिपथ मण्डल, सप्तरीका २९ वर्षीय जीवन कुमार यादव र सप्तरी घर भई भक्तपुर लोकन्थली बस्ने २६ वर्षीय महेश यादव रहेका छन् ।

    पक्राउ पर्नेमा एक जना कर्मचारी, एक जना काठमाडौंमा अध्ययनरत विद्यार्थी र अरु परीक्षार्थी रहेका छन् । विश्वविद्यालयका फोटोकपी गर्ने कर्मचारीले सामाजिक सञ्जालमार्फत प्रश्नपत्र बाहिर ल्याएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले बताएको छ ।

    पक्राउ परेका कर्मचारीविरुद्ध शिक्षा ऐन, २०२८ बमोजिम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मोरङ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij