Logo

२०७८, आषाढ ६ गते आइतवार

२०७८, आषाढ ६ गते आइतवार

वैशाख १६ देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा

वैशाख १६ देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा

  • 379
    SHARES
  • वैशाख १६ देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा

    काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा बिहीबार (१६ वैशाख) देखि निषेधाज्ञा लगाइने भएकाे छ । काठमाडौंका कालीप्रसाद पराजुली, भक्तपुरका प्रेमप्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौलाबीच केहीबेर अघि बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

    आइतबार अपराह्न बसेको कोभिड संकट व्यास्थापन कार्यदल (सीसीएमसी) को बैठकले सहरी क्षेत्रमा ५ सयजना संक्रमित देखिए जिल्ला प्रशासन कार्यायले निषेधाज्ञा गर्नसक्ने निर्णयका लागि सरकारसमक्ष सिफारिस गरेको थियो ।

    आइतबार राति नै उपत्यकाका तीनै जिल्लाका प्रमखु जिल्ला अधिकारीहरुले सोमबार संयुक्त छलफल गरेर निषेधाज्ञा गर्न सकिने बताएका थिए । यसैबीच सोमबार केहीबेरअघि बसेको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बसेको संयुक्त बैठकले उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । मुलुकमा कोरोना संक्रमणको दर तीव्र भएपछि यसको व्यवस्थापन र नियन्त्रणका विकल्पका लागि आज नै मन्त्रिपरिषद् बैठकसमेत बस्दै छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology