वेबटिभी खबर
सप्तरी । सप्तरीको राजविराज नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार निर्वाचित भएका छन् ।
निवर्तमान नगरप्रमुख शम्भुप्रसाद यादवलाई फराकिलो मतान्तरले पराजित गर्दै जसपाका भीमराज यादव नगरप्रमुखमा निर्वाचित भएका हुन् । विजयी यादनले ९ हजार ६२४ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी शम्भुप्रसाद यादवले ४ हजार ८०७ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा जसपाबाट इसरत परविन ७ हजार २६४ मत प्राप्त गरेर निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुशीलाकुमारी यादवले ४ हजार ४२७ मत प्राप्त गरिन् ।
कूल १६ वडा रहेको राजविराज नगरमा जसपाले वडा नं १, २, ३, ४, ५, ९, ११ र १६, माओवादीले ७, ८ र १०, लोसपाले ६ र १३ वडाध्यक्षमा विजयी हासिल गरेको छ । नेकपा (एमाले)ले वडा नं १४, नेकपा (एकीकृत समाजवादी)ले वडा नं १२ र राप्रपाले वडा नं १३ को वडाध्यक्षमा जित हासिल गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij