वेबटिभी खबर
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विभिन्न चुनौतीको बीच पनि चालु आर्थिक वर्षमा सन्तोषजनक आर्थिक वृद्धि हुने अवस्था देखिएको दाबी गरे । ‘हामीले मुख्य गरेर तीन वटा समस्या सामना गर्नुप¥यो, कोभिड महामारी, बेमौसमी वर्षा तथा रुस र युक्रेनको युद्धले मूल्य श्रृंखलामा पारेको प्रभावको चुनौती सामना गरेका छौं,” उनले भने, “यसका बाबजुत हाम्रो आर्थिक वृद्धि ५.८४ प्रतिशत हुने अनुमान छ ।’
उनले चुनौतीका बीच पनि आर्थिक वृद्धिदर राम्रो देखिएको भन्दै समस्याका बाबजुत पनि थोरै पनि सही नीति बनाउने हो र कार्यान्वयन गर्न सबै जवाफदेही भएमा नेपालको आर्थिक वृद्धि तीव्र गतिमा बढ्ने सम्भावना पुष्टि भएको दाबी गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij