वेबटिभी खबर
काठमाडौं । हेटौंडा उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनकाे अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा र उपमेयर पदमा नेपाली कांग्रेसका राजेश बानियाँ विजयी भएका छन् ।
१९ वटा वडा रहेको हेटौंडामा नेकपा एमालेले ९ वटा वडा जितेको छ भने कांग्रेसले ८ वटा र नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले एक–एक वडामा विजय हासिल गरेको छ ।
एमालेले हेटौंडाको वडानम्बर ४, ५, १०, ११, १३, १४, १५, १८ र १९ जितेको छ भने कांग्रेसले १, २, ३, ६, ७, ८, १६ र १७ नम्बर वडा, नेकपा एसले ९ नम्बर वडा र माओवादी केन्द्रले १२ नम्बर वडामा विजय हासिल गरेका छन् ।
एमालेबाट हेटौंडा ४ मा नविन सिग्देल, ५ मा सुशील घिमिरे, १० मा फुर्वादोर्जे तामाङ, ११ मा जुना दाहाल, १३ मा पेम्बा लामा , १४ मा दीपक खड्का, १५ मा सुनिल मोक्तान, १८ मा अनिल कुमार बानियाँ र १९ मा नरनाथ सुवेदी ‘नवराज’ विजयी भएका हुन् ।
यस्तै, कांग्रेसबाट वडानम्बर १ मा सविन न्यौपाने, २ मा विष्णुगोपाल महर्जन, ३ मा ढलकबहादुर थापा, ६ मा बिष्णुबहादुर दाहाल, ७ मा दामोदर गौतम, ८ मा राम थापा, १६ मा रामकृष्ण कोइराला र १७ उद्धव सत्यालविजयी भएका छन् ।
नेकपा एसबाट हेटौंडा ९ मा सुकराम केसी र माओवादीबाट हेटौंडा १२ मा ललितबहादुर घलान विजयी भएका छन् । २०७४ सालमा निर्वाचनमा एमालेले १२ वटा वडा अध्यक्ष जितेको थियो भने कांग्रेसले ५ र माओवादीले २ वटा वडा जितेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij