वेबटिभी खबर
बदाम आकारमा सानो भए पनि यसमा पोषक तत्व बढी हुन्छ । दैनिक बदाम खानु स्वस्थ्यका लागि फाइदाजनक हुन्छ ।
बदाममा अन्टिअक्सिडेन्ट, भिटामिन, मिनरल्सका साथै अन्य धेरै प्रकारका खनिज पदार्थ पाइन्छन् ।
बदामलाई ड्राईफ्रुट्सको राजा पनि भनिन्छ । बदाममा प्रयाप्त मात्रामा पोषण तत्व पाइने भएकाले सबै उमेर समुहकाले यसलाई खान सक्छन् ।
यसका फाइदा
बदामले मुटुलाई स्वस्थ राख्छ । बदामको दैनिक सेवनले कोलेस्ट्रोल जम्मा हुन पाउँदैन । जसले गर्दा मुटु रोगको जोखिम कम हुन्छ ।
तौललाई नियन्त्रण गर्छ । दैनिक भिजाएको बदाम खाँदा भोक कम लाग्छ जसको कारण तौललाई सजिलै नियन्त्रण गर्न सकिन्छ ।
मधुमेहलाई नियन्त्रण गर्छ । जो व्यक्ति मधुमेहको समस्याबाट ग्रसित छन् । यस्ता व्यक्तिको लागि बदाम खानु उपयुक्त हुन्छ ।
बदाममा प्रोटिन, म्याग्नेशियम र फाइबर पाइन्छ । यसले मधुमेह भएका व्यक्तिको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ ।
दिमागलाई तेजिलो बनाउँछ । बदाममा अत्यधिक मात्रामा प्रोटिन पाइन्छ । प्रोटिनले शरीरलाई उर्जावान् बनाउँछ ।
यससँगै मस्तिष्कको कोषिकालाई स्वस्थ राखी सोच्ने, सम्झिने क्षमतालाई पनि वृद्दि गर्छ ।
बदाम भिटामिन ‘इ’ को राम्रो स्रोत हो । यसले क्यान्सर, अल्जाइमर जस्ता रोगबाट बचाउँछ ।
गर्भवती महिलाले नियमित भिजाएको बदाम खाँदा आमा र बच्चा दुबैको स्वास्थ्यलाई फाइदा पुग्छ ।
बदामले पाचन शक्तिलाई पनि बलियो बनाउँछ । पाचन प्रक्रियामा सुधार गरि पेट सम्बन्धी समस्याबाट मुक्ति दिन्छ ।
कसरी खाने
बदामलाई सुख्खा नै खान सकिन्छ । तर सुख्खा बदाम खानुभन्दा भिजाएको बदामले स्वास्थ्यलाई बढी फाइदा गर्छ ।
बदामलाई रातभरि भिजाएर अर्को विहान छिल्का फालेर खाने,
चिउरामा मिसाएर खान सकिन्छ,
बदामको हलुवा बनाएर खाने,
बदामको मिल्कसेक बनाएर पनि खान सकिन्छ,
बदामलाई मिठाइमा प्रयोग गर्ने,
यसलाई चकलेटमा पनि उपयोग गर्ने,
कतिबेला खाने
विहान वा बेलुका व्यायाम गरेपछि भिजाएको बदामलाई खान सकिन्छ । बदामबाट बनेको चकलेट वा केक जतिवेला पनि खान सक्छौं ।
बेलुकीतिर बदामको मिल्कशेक बनाएर खाँदा स्वास्थ्यलाई फाइदा गर्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij