Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

कोहलपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी

कोहलपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी

  • 489
    SHARES
  • कोहलपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी

    बाँके । स्थानीय तह निर्वाचनअन्तर्गत कोहलपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसबाट उम्मेदवार पूर्ण आचार्यले १४ हजार १३४ मत प्राप्त गरी नगर प्रमुखमा विजयी भएका हुन् ।

    images

    उपप्रमुखमा पनि कांग्रेसकै संगीता सुवेदी विजयी भएकी निर्वाचन अधिकृत तीर्थराज भट्टले जानकारी दिए । उनका अनुसार, प्रमुखमा आचार्यका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का खिलप्रसाद भुसालले १२ हजार २८५ मत प्राप्त गरेका छन् ।

    १५ वडा रहेको कोहलपुरमा कांग्रेसले वडा नं २, ४, ६, ८, १०, १२, १३, १४ र १५ गरी नौ वटा वडा जितेको छ । एमालेले वडा नं ३, ५, ७ र ११ नं वडामा विजयी हासिल गरेको छ भने माओवादी केन्द्रले वडा नं १ र ९ मा जित हासिल गरेको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology