Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

हत्यामा संलग्न रहेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

हत्यामा संलग्न रहेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

  • 397
    SHARES
  • हत्यामा संलग्न रहेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

    काठमाडौं । पर्साको ठोरी गाउँपालिका–५ ठुलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रविण पाख्रिनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।

    ती किशोरलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोही गाउँपालिका-५ बाघमोर्चा मन्दिरको छेउमा प्रविणलाई जेठ ६ गते दिउँसो अज्ञात व्यक्तिहरूले ढुंगाले टाउँको र अनुहारमा प्रहार गरी बेहोस अवस्थामा छाडी फरार भएका थिए ।

    वीरगञ्जस्थित एलएस न्यूरो हस्पिटलमा उपचारको क्रममा आइतबार बिहान प्रविणको मृत्यु भएको थियो । उक्त घट्नामा सलंग्न रहेको खुल्न आएका हाल फरार अन्य ३ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका किशोरमाथि ज्यान सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको  छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij