Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

जेरिएटिक अस्पतालको शिलन्यास 

जेरिएटिक अस्पतालको शिलन्यास 

  • 423
    SHARES
  • जेरिएटिक अस्पतालको शिलन्यास 

    विराटनगर । विराटनगर-८स्थित  विराटेश्वर वृद्धाश्रम सेवा समितिद्वारा विराटनगर-६ रामपुरमा १५ श्ययाको ‘शंखर अधिकारी मेमोरियल स्मारक जेरिएटिक अस्पताल’ निर्माण गर्न लागिएको छ ।

    एक बिघा जग्गामा २५ करोडको लागतमा निर्माण गर्न लागिएको उक्त अस्पताल निर्माणबाट ज्येष्ठ नागरिकका लागि सम्पूर्ण स्वास्थ्यसम्बन्धी उपचार एकै ठाउँमा उपलब्ध गराइने भएको छ ।

    अस्पताल निर्माणका लागि स्व अधिकारीका श्रीमती, छोराहरू सरोज तथा सञ्जिव र बुहारी अञ्जनाले निःशुल्क जग्गा उपलब्ध गराएका थिए । उक्त अस्पताल आज शिलान्यास गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले नवनिर्वाचित जनप्रतिनिधिले कामका आधारमा जनताको विश्वास जित्नु पर्ने बताए ।

    पालिकाका प्रतिनिधिले सुशासन, पारदर्शी र जवाफदेही, भ्रष्टाचारमुक्त र जनउत्तरदायी भएर कार्य गर्नुपर्नेमा जोड दिँदै उनले स्थानीय तहमा हुने विकास निर्माणका कार्यको प्रमुख तथा अध्यक्षले अनुगमन गरी ‘वाच डग’को भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

    विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख नागेश कोइरालाले ज्येष्ठ नागरिकलाई आवश्यकपर्ने स्वास्थ्य उपचारलगायत अन्य कार्यका लागि समन्वय गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

    आश्रम प्रमुख जगत अर्याल, नेका महानगर अध्यक्ष दीपक चापागाई, नेका प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, डा.नाराण कोइराला र रुक्मणि कोइरालाले अस्पताल स्थापनाबाट यस प्रदेशका ज्येष्ठ नागरिकले गुणस्तरीय उपचारको सुविधा पाउने विश्वास व्यक्त गरे ।

    उक्त अस्पताल निर्माणका लागि आश्रम प्रमुख अर्यालले सर्वसाधारणसँग दैनिक ५ संकलन गर्नाका साथै संघीय, प्रदेश, स्थानीय पालिका तथा स्वदेश तथा विदेशबाट सहयोग प्राप्त हुने लक्ष्य लिइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij