Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

मेचीनगरमा एमाले विजयी

मेचीनगरमा एमाले विजयी

  • 345
    SHARES
  • मेचीनगरमा एमाले विजयी

    झापा । मेचीनगर नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का गोपालचन्द्र बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरेका छन् ।

    उपप्रमुखमा एमालेकै मीना उप्रेती २१ हजार ५९० मत प्राप्त गरेर निर्वाचित भएकी छिन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार प्रकाश भण्डारीले १२ हजार ८१८ मत प्राप्त गरेका छन् ।

    नगरका ११ वडामध्ये १, २, ३, ४, ५, ७, ९, १०, ११, १२, १३ का वडाध्यक्षमा एमाले विजयी बनेको छ भने वडा नं ६, ८ र १५ मा कांग्रेस र वडा नं १४ मा माओवादी केन्द्र विजयी बनेको छ । जिल्लाका १५ वटै पालिकाको मतगणनाको परिणाम आइसकेको छ ।

    ती मध्ये ७ पालिकामा एमाले प्रमुख पदमा विजयी बनेको छ भने ६ पालिकामा कांग्रेस र दुईमा राप्रपाले जित हासिल गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij