Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

खानेपानीको समस्या हुँदा कुवा र खोलाको पानी खान बाध्य

खानेपानीको समस्या हुँदा कुवा र खोलाको पानी खान बाध्य

  • 590
    SHARES
  • खानेपानीको समस्या हुँदा कुवा र खोलाको पानी खान बाध्य

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटका बासिन्दा खानेपानीको समस्या समाधान नहुँदा चिन्तित भएका छन् ।

    केही दिनअघिदेखिको वर्षाका कारण मरुवा, उपल्लो खन्ना र बाङ्गे छहरोमा गएको बाढी र पहिराले मुहान, पाइप लाइन बगाउनुका साथै मुहानमा थुनिएपछि यहाँका २०८ घरपरिवारलाई खानेपानीको समस्या भएको हो ।

    यस बीचमा पाइपको सामान्य मर्मत गरेर केही दिन पानी सञ्चालन गरिएको भएपनि लगातारको वर्षाका कारण आएको बाढीले पाइपमा क्षति पुर्‍याएपछि बगरफाँटका बासिन्दा विगत दुई महिनादेखि खोला र कुवाको पानी पिउन बाध्य भएका छन् ।

    गाउँमा रहेका २८ धारामा पानी नआएपछि यहाँका बासिन्दा कुवा र म्याग्दी नदीको धमिलो पानी उमालेर पिउन बाध्य भएका बेनी-२ बगरफाँटका टेकबहादुर कार्कीले बताए । त्यस स्थानमा २१४ घरधुरी रहेका छन् ।

    २०६९ मा बेनी-३ भकिम्ली र बेनी-२ ज्यामरुककोटका सिमानामा पर्ने कोप्रेखोलाको मुहानबाट पानी ल्याई बगरफाँटका २८ धारामा वितरण गरिएको थियो । ५४ लाखको लागतमा बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाले योजना सम्पन्न गरी गाउँमा खानेपानीको सुविधा उपलब्ध गराएको थियो ।

    यसपछि बर्सेनि बर्खामा बाढी र पहिरोले पाइप लाइनलाई क्षति पुर्‍याउँदा मर्मत गरी पानी सञ्चालन गर्ने गरिएकोमा यस वर्ष पाइप लाइन र मुहानलगायत सात ठाउँमा मर्मत गर्नुपर्ने भएकाले समस्या भएको आयोजनाका अध्यक्ष कृष्णबहादुर कार्कीले जानकारी दिए ।

    गाउँका पुछारमा म्याग्दी नदी र शिरानमा आप्रे, उडाइनो, मुलछहरी, कोप्रेझरनालगायतका पानीका आधा दर्जन बढी स्रोत रहेका भएपनि ती पानीका स्रोतलाई व्यवस्थित गर्न नसक्दा यहाँका बासिन्दाले वर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij