वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेले पोखरा महानगरपालिका वडानम्बर १८ र ३१ मा १२ मत कम भएको भन्दै पुनः मत गणना गर्नुपर्ने माग रोखको छ ।
मंगबार एमाले प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको हस्ताक्षरमा पुनः मतगणनाका लागि मुख्य निर्वाचन अधिकृत कार्यालय पोखरामा निवेदन दिएको हो । १८ नम्बरवडामा ९ मत र ३१ नम्बर वडामा ३ मत कम भएको एमालेको दाबी छ ।
वडानम्बर १८ को नतिजा मंगबार (आज) र ३१ नम्बर वडाको नतिजा सोमबार (हिजो) आएको थियो । दुवै वडामा नेकपा एमालेका उम्मेदवार पराजित भएका छन् ।
वडानम्बर ३१ मा १६१ मत मतान्तरले नेपाली कांग्रेसका ढकनाथ कँडेल र वडा नम्बर १८ मा ३ मतान्तरले कांग्रेसकै शिवप्रसाद तिमिल्सिना निर्वाचित भएपछि एमालले पुनःमतगणनाको माग गरेको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij