Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

काठमाडौं महानगरको करिब ८० प्रतिशत मतगणना सकियो, कसले कति पाए ? 

काठमाडौं महानगरको करिब ८० प्रतिशत मतगणना सकियो, कसले कति पाए ? 

  • 584
    SHARES
  • काठमाडौं महानगरको करिब ८० प्रतिशत मतगणना सकियो, कसले कति पाए ? 

    काठमाडौं । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार काठमाडौं महानगरपालिकामा खसेको मतमध्ये ८०.२४ प्रतिशत गणना भइसकेको छ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा १ लाख ९१ हजार ५५ मत खसेको थियो ।

    खसेको मतमध्ये हालसम्म १ लाख ५३ हजार ३०० मतगणना गरिसकिएको छ । यो भनेको खसेको कूल मतको ८०.२४ प्रतिशत हो । अब ३७ हजार ७५१ मतगणना गर्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    सार्वजनिक पछिल्लो मतपरिणामअनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५० हजार ७५० मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् ।

    साहलाई कांग्रेस उम्मेदवार सिर्जना सिंहले पछ्याईरहेकी छिन् । उनले हालसम्म ३१ हजार ७३१ मत प्राप्त गरेकी छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३१ हजार ४४ मत प्राप्त गरेका छन् ।

    काठमाडौं महानगरको प्रमुखमा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायामीले ८ हजार ९८२ मत प्राप्त गरेका छन् । त्यस्तै उपप्रमुखमा भने नेकपा एमालेबाट उम्मेदवार बनेकी सुनिता डंगोलको जित सुनिश्चित भइसकेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij