Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

बाराका नवनिर्वाचित जनप्रतिनिधिले लिए पद तथा गोपनीयताको शपथ

बाराका नवनिर्वाचित जनप्रतिनिधिले लिए पद तथा गोपनीयताको शपथ

  • 400
    SHARES
  • बाराका नवनिर्वाचित जनप्रतिनिधिले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौं । बाराका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ तथा पदभार ग्रहण गरेका छन् । यहाँका १५ वटै पालिकाका जनप्रतिनिधिले मंगलबार पद तथा गोपनियताको शपथ लिएका हुन् ।

    निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले उपप्रमुख सोममाया थिङ्गसहित वडा अध्यक्ष र सदस्यहरूलाई पद तथा गोपनियताको शपथ गराएका छन् ।

    निजगढस्थित बैङ्गकुट सभा हलमा आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख पुरीले उपप्रमुख थिङ्गलाई पहिले शपथ गराएपछि वडा अध्यक्ष र सदस्यहरूलाई इश्वर, देश र जनताको नाममा पद तथा गोपनियताको शपथ गराएका थिए । शपथ कार्यक्रमपछि उपप्रमुखसहित सबैले पदबहाली गरेका छन् ।

    जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिले सोमबार पदभार ग्रहण गरेलगत्तै पदबहाली गरेका हुन् भने कलैया उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिले आइतबार नै शपथ लिएका थिए । उनीहरूले आज पदबहाली गरेका छन् ।

    मुख्य निर्वाचन अधिकृतसँग शपथ लिएपछि विनाेदकुमार साहले उपमहानगरका अन्य जनप्रतिनिधिलाई शपथ गराएका थिए । शपथ ग्रहण गराएसँगै नगरप्रमुख साहले पदभार ग्रहण गरेका छन् ।

    यस्तै बाराका अन्य पालिकामासमेत नवनिर्वाचित जनप्रतिनिधिले  शपथ ग्रहण र पदभार ग्रहण गरेका छन् । बाराको स्थानीय तहमा निर्वाचित पालिका प्रमुखले आइतबार नै शपथ लिएका थिए ।

    जिल्ला न्यायाधीश एवम् मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको प्रमुख तथा अध्यक्षमा निर्वाचित जनप्रतिनिधिलाई शपथ खुवाएका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij