Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

एमाले प्रतिनिधि नआएपछि पोखराको मतगणना स्थगित

एमाले प्रतिनिधि नआएपछि पोखराको मतगणना स्थगित

  • 372
    SHARES
  • एमाले प्रतिनिधि नआएपछि पोखराको मतगणना स्थगित

    काठमाडौं । नेकपा एमालेका प्रतिनिधि मतगणना स्थलमा नआएपछि पोखराको मतगणना स्थगित भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले पटक-पटक प्रतिनिधि पठाउन आग्रह गरेपनि एमालेका प्रतिनिधि आउन मानेका छैनन् ।

    एमालेले १८ नम्बर वडाको पुनः मतगणना सुरू नहुँदासम्म आफ्ना प्रतिनिधि नपठाउने जनाएको छ । १८ नम्बर वडामा एमालेका उम्मेदवार तीन मतले पराजित भएका छन् ।

    एमालेका पोखरा महानगर कमिटी सचिव जीवन आचार्यले भने, ‘१८ को विवाद नसकिएसम्म बाँकी रहेको वडाको गणनाअघि बढ्न सक्दैन । हामीले प्रतिनिधि पठाउदैनौं ।’

    पोखरामा अहिले ३ वडाको मतगणना चलिरहेको छ । अन्तिम नतिजा आएका ३० वडामध्ये कांग्रेसले २१ र एमालेले ९ वडामा चुनाव जितेका छन् ।

    मेयरमा भने गठबन्धनका उम्मेदवार धनराज आचार्य र उपमेयरमा एमालेकी मन्जुदेवी गुरुङले चुनाव जितिसकेकी छिन् । यद्यपि औपचारिक घोषणा हुन बाँकी छ । गणना चलिरहेको वडा नम्बर २२, ३२ र ३३ मा पनि गठबन्धन उम्मेदवारहरूले अग्रता लिएका छन् ।

    वडानम्बर १८ मा तीन मतले कांग्रेस उम्मेदवार विजयी भएका छन् । यसअघि एमालेले १८ को पुनः गणनाको मागसहित निवेदन दिएको छ । निवेदन उपर छलफल चलिरहेको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij