Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

‘इसिइडी’ शिक्षकको तलब बढाइने 

‘इसिइडी’ शिक्षकको तलब बढाइने 

  • 2.8K
    SHARES
  • ‘इसिइडी’ शिक्षकको तलब बढाइने 

    मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले बालविकास केन्द्र (इसिइडी) मा कार्यरत शिक्षकलाई सरकारले उपलब्ध गराएको पारिश्रमिकमा मासिक  साढे सात हजार थप गर्ने निर्णय गरेको छ ।

    उपमहानगरको सोमबारको कार्यपालिका बैठकले इसिडीमा कार्यरत शिक्षकलाई मासिक सात हजार ४४० थपेर दिने निर्णय गरेको हो । 

    सरकारले इसिडीमा कार्यरत शिक्षक तथा सहयोगी कार्यकर्तालाई मासिक छ हजार पारिश्रमिक उपलब्ध गराउँदै आएको छ । इसिइडी शिक्षकको पारिश्रमिक अत्यन्तै न्यून भएकाले उपमहानगरपालिकाका तर्फबाट रकम थप गरिएको प्रमुख हरिबहादुर महतले बताए । 

    समुदायस्तरमा बालबालिकाको विकास र प्रवद्र्धनका लागि प्रारम्भिक बालविकास केन्द्रअन्तर्गत हाल कार्यरत शिक्षक/सहजकर्तालाई प्रदान गरिँदै आएको मासिक पारिश्रमिकमा वृद्धि गरी श्रम ऐनको प्रावधानबमोजिम मासिक रु १३ हजार ४५० पुर्याइकाे उनको भनाइ थियो ।

    उपमहानगरपालिकाका १९ वटा वडामा रहेका प्रारम्भिक बाल विकास केन्द्रमा ९५ शिक्षक तथा सहयोगी कार्यकर्ता कार्यरत छन् । उनीहरुले आगामी जेठ १ गतेदेखि थपिएको तलब पाउने जनाइएको छ । फाइल तस्बिर । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij