Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

खर्च कटौती गर्दै डुडुवा गाउँपालिका

खर्च कटौती गर्दै डुडुवा गाउँपालिका

  • 397
    SHARES
  • खर्च कटौती गर्दै डुडुवा गाउँपालिका

    नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकाले खर्च कटौती गर्ने भएको छ ।

    गाउँपालिकाको आन्तरिक स्रोत कमजोर भएको जनाउँदै कार्यसम्पादन क्षमता कमजोर भएका कारण कर्मचारीको कटौती गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले जानकारी दिए ।

    ‘विभिन्न कर्मचारीमध्ये कार्यसम्पादन क्षमता कमजोर भएका केही कर्मचारीको सम्झौता अन्त्य गर्ने नीतिगत निर्णय भएको हो’, उनले भने ।

    निर्वाचित भएपछि कार्यभार सम्हाल्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकाको आर्थिकभार कम गर्न खर्च कटौती गर्ने नीतिगत निर्णय भएको जानकारी दिए ।

    उनले खर्च कटौतीसँगै गाउँपालिकाको आन्तरिक स्रोत वृद्धिका लागि आवश्यक पहल गर्ने उल्लेख गर्दै जनताको जीवनस्तर माथि उकास्न पहिलो प्राथमिकता दिने जानकारी दिए ।

    अध्यक्ष चौधरीले गाउँपालिकाले सेवाको गुणस्तरीयता तथा प्रभावकारी सेवा प्रवाहमा कन्जुस्याइँ नगर्ने स्पष्ट पारे । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत उनी दोस्रो कार्यकालका लागि सो पदमा  निर्वाचित भएका छन् ।   

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij