Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

कर घटाएर भएपनि मूल्यवृद्धि रोक्नुपर्छ : अध्यक्ष प्रचण्ड

कर घटाएर भएपनि मूल्यवृद्धि रोक्नुपर्छ : अध्यक्ष प्रचण्ड

  • 574
    SHARES
  • कर घटाएर भएपनि मूल्यवृद्धि रोक्नुपर्छ  : अध्यक्ष प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाएर भएपनि जनतालाई मूल्यवृद्धिको मारबाट बचाउँनुपर्ने बताएका छन् ।

    यसबारेमा प्रधानमन्त्री शेरबहादुर देउवालाई यसअघि नै भनेको र आगामी दिनमा त्यो कदम चालेर जनतामाथि परेको समस्यामा राहत दिनेमा सरकारको ध्यानपुग्नेमा आफू विश्वस्त रहेको पनि उनले बताए ।

    अहिले जनता वास्तबमा नै मूल्यवृद्धिको मारमा परेको उनले बताए । प्रतिनिधिसभाको शनिबारको बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा दाहालले अन्तर्राष्ट्रिय अभ्यासअनुसारअगाडि बढ्नुपर्ने बताएका हुन् ।

    उनले भने, ‘अहिले देश सहज परिस्थितिमा पक्कै पनि छैन । कोभिडको कारणले त्यसबाट सिर्जित परिस्थिति, अर्थतन्त्र, अन्तर्राष्ट्रिय राजनीतिमा देखा परेको पोलराइजेसनको नयाँ परिस्थितिका कारण विभिन्न ठाउँका युद्धहरूका कारण विभिन्न शक्ति केन्द्रहरूको स्थितिमा आएको फेरबदलको कारण पनि त्यसको असर नेपालमा पनि परेको छ ।’

    महँगीको मारमा जनता परेको र त्यसले झन् समस्या बढ्न सक्ने भन्दै प्रचण्डले त्यसलाई रोक्न सरकारले समयमै कदम चाल्नुपर्ने बताए । उनले भने, ‘महँगीको मारले नेपाली जनताको ढाड सेकिएकै छ । प्रत्येक भान्साबाट विद्रोह हुने हो किन भन्ने परिस्थित बन्दैछ ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij