Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

क्यान्सर पीडितलाई परदेशीएका अर्घाखाँचीवासीको सहयोग

क्यान्सर पीडितलाई परदेशीएका अर्घाखाँचीवासीको सहयोग

  • 528
    SHARES
  • क्यान्सर पीडितलाई परदेशीएका अर्घाखाँचीवासीको सहयोग

    अर्घाखाँची । क्यान्सर रोगबाट पीडित अर्घाखाँचीका एक बिरामीका लागि रोजगारीको सिलसिलामा मुलुक बाहिर रहेका अर्घाखाँचीवासी युवाले आर्थिक सहयोग गरेका छन् ।

    सन्धिखर्क नगरपालिका-१० बेल्टारी घर भई सन्धिखर्कमा बसोबास गर्दै आएका क्यान्सर पीडित प्रेमबहादुर थापालाई अन्तर्राष्ट्रिय अर्घाखाँची सम्पर्क मञ्चले आर्थिक सहयोग गरेको हो।

    मञ्चका अध्यक्ष रञ्जित क्षत्री, महासचिव दामोदर भुसाल, कोषाध्यक्ष हरि कुँवरसहितले थापाको घरमै पुगेर नगद १० हजार आर्थिक सहयोग गरेका हुन् ।

    फोक्सोको क्यान्सरबाट थलिएका ४० वर्षीय थापाको काठमाडौं हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालमा किमो चलिरहेको छ । थापाका श्रीमती, दुई छोरी र ६ महिनाका एक छोरा रहेका छन् ।

    यस्तै थापालाई आज नै सन्धिखर्क नगरपालिका वडा नम्बर १० मा रहेको प्रगतिशील स्वास्थ्य आमा समूहले समेत सहयोग गरेको छ । समूहका तर्फबाट प्रकाश भुसालले नगद पाँच हजार एक सय हस्तान्तरण गरेका हुन् ।

    लामो समय कतारमा मजदुरी गरेर केही वर्षअघि अर्घाखाँची फर्किएका थापाले सन्धिखर्कमा इलेक्ट्रिक पसल सन्चालन गर्दै आएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij