Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

दुई अस्पतालसँग सहकार्य गरेर गेटा मेडिकल कलेज सञ्चालनमा ल्याइने

दुई अस्पतालसँग सहकार्य गरेर गेटा मेडिकल कलेज सञ्चालनमा ल्याइने

  • 398
    SHARES
  • दुई अस्पतालसँग सहकार्य गरेर गेटा मेडिकल कलेज सञ्चालनमा ल्याइने

    काठमाडौं । गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमका दुई प्रादेशिक अस्पतालसित सहकार्य गरी सञ्चालन गरिने भएको छ ।

    आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत रहने गरी महाकाली प्रादेशिक अस्पताल र सेती प्रादेशिक अस्पतालसित सहकार्यमा गेटा मेडिकल कलेज सञ्चालनका लागि व्यवस्था मिलाउने घोषणा गरिएको हो ।

    कैलालीको गेटास्थित मेडिकल कलेज सञ्चालन सरकारको नीति तथा कार्यक्रममा समावेश नभएपछि चौतर्फी विरोध गरिएको थियो । त्यसपछि दुई अस्पतालसित सहकार्य गरी मेडिकल कलेज सञ्लालन बजेटमा समावेश गरिएको हो ।

    ‘गेटा मेडिकल कलेज र सेती तथा महाकाली अस्पताल बीचको सहकार्यमा सम्बन्धित विश्वविद्यालयअन्तर्गत मेडिकल कलेज सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ’, बजेट वक्तव्यमा भनिएको छ ।

    भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको गेटा मेडिकल कलेजको सञ्चालन प्रारूपमा अझै अनिश्चित छ । गेटा मेडिकल कलेजलाई प्रतिष्ठान, विश्वविद्यालय मातहत सञ्चालन गर्नु वा नेशनल मेडिकल कलेजका रुपमा सञ्चालन गर्नुपर्ने आवाज उठेको थियो ।

    सरकारले आगामी आर्थिक वर्षमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयअन्तर्गत रहनेगरी प्रादेशिक अस्पतालसितको सहकार्यमा सञ्चालन गर्ने व्यवस्था गरेपछि सञ्चालन अन्योल पनि हटेको छ ।

    सरकारले २०६६ मा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र गेटा मेडिकल कलेज बनाउने घोषणा गरेको थियो । त्यसअनुसार सुदूरपश्चिमाञ्चल विश्वविद्यालय सञ्चालनमा आइसकेको छ ।

    कञ्चनपुर क्षेत्र नं ३ का सांसद डा.दीपक प्रकाश भट्टले दुई प्रादेशिक अस्पतालसहितको सहकार्यमा मेडिकल कलेज सञ्चालनका लागि बजेटमा व्यवस्था गरिनु राम्रो भएको बताए ।

    ‘सुदूरपश्चिमाञ्चल विश्वविद्यालयअन्तर्गत दुई अस्पतालसहितको सहकार्यमा गेटा मेडिकल कलेज सञ्चालनमा आउँछ’, उनले भने, ‘यसलाई राम्रो मान्न सकिन्छ ।’ सांसद भट्टले २०७४ को आम निर्वाचनमा महाकाली अस्पताललाई मेडिकल कलेजकारूपमा सञ्चालन गर्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij