Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

दम्पती मृतावस्थामा फेला

दम्पती मृतावस्थामा फेला

  • 375
    SHARES
  • दम्पती मृतावस्थामा फेला

    कैलाली । कैलाली गोदावरी नगरपालिका-७ हरैयामा एक दम्पती मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार गोदावरी नगरपालिका-७ हरैयाका ६५ वर्षीय हेमबहादुर ऐर र ५५ वर्षीया पदमा ऐर आज मृतवस्थामा फेला परेका हुन् ।

    श्रीमान् घरबाहिर झुन्डिएको अवस्थामा र श्रीमती घरभित्रै बिस्तरामा घाँटी रेटिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

    उनले घटनाको प्रकृति हेर्दा श्रीमानले पत्नीको हत्या गरेर आत्महत्या गरेको हुनसक्ने जानकारी दिए । घटनास्थलमा एउटा खुकुरी फेला परेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij