Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

रत्ननगर अस्पतामा आइतबार पनि ओपीटी सेवा सञ्चाल हुने

रत्ननगर अस्पतामा आइतबार पनि ओपीटी सेवा सञ्चाल हुने

  • 379
    SHARES
  • रत्ननगर अस्पतामा आइतबार पनि ओपीटी सेवा सञ्चाल हुने

    चितवन । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालले आइतबार पनि नियमित बहिरंग (ओपीटी) सेवा सञ्चालन गर्ने भएको छ । लगातार दुई दिन बिदा हुँदा बिरामीको चाप बढेको र सेवा लिन कठिन भएकाले आइतबार पनि बहिरंग सेवा नियमित गरिएको हो ।

    अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.विश्वबन्धु बगालेले सातामा दुई दिन बिदा हुँदा सोमबार एकै दिन बिरामीको चाप बढेकाले आइतबार पनि नियमित बहिरंग सेवा सञ्चालन गर्न लागिएको जानकारी दिए ।

    उनले भने, ‘बिरामीको चाप दिनदिनै बढ्दो छ, सेवा अवधि घटाउँदा झन धेरै चाप पर्‍यो ।’ अस्पतालले एक सूचना प्रकाशित गरी आइतबारको दिनसमेत पूर्ववत्रुपमा बहिरंग सेवा सञ्चालन गरिने जनाएको हो ।

    यही जेठ २२ गतेबाट यो नियम लागू हुने जनाइएको छ । सूचनामा अस्पतालको शुक्रबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको उल्लेख छ । सरकारले वैशाख २६ गतेको राजपत्रमा सूचना प्रकाशित गरी जेठ १ गतेदेखि आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij