Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

नेपाल ओमानसँग पराजित

नेपाल ओमानसँग पराजित

  • 598
    SHARES
  • नेपाल ओमानसँग पराजित

    काठमाडौं । कतारमा बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलमा ओमानसँग २-० ले पराजित भएको छ ।

    कतारको दोहामा शुक्रबार बन्द रंगशालामा भएको खेलमा ओमानलाई जित दिलाउन ओमार अल मलिकी र इसाम अल सुभीले समान एक गोल गरे ।

    नेपालले हाल एएफसी एसियन कप-२०२३ को छनोटको तयारीका लागि कतारमा बन्द प्रशिक्षण गरिरहेको छ ।

    ओमानसँगको खेलसँगै नेपालको बन्द प्रशिक्षणन्तर्गत मैत्रीपूर्ण खेलको तालिका पूर्ण भएको छ । नेपालले कतारमा तीन मैत्रीपूर्ण खेल खेल्यो ।

    जसको पहिलो खेलमा नेपालले टिमोर लिस्टेसँग २-२ को र दोस्रो खेलमा श्रीलंकासँग १-१ को बराबरी खेलेको थियो ।

    एसियन कप छनोटको समूह ‘ए’ मा रहेको नेपाल अब कुवेत प्रतियोगिताका लागि कुवेत प्रस्थान गर्नेछ । समूहमा नेपालसँगै जोर्डन, इन्डोनेसिया र कुवेत छन् ।

    नेपाली टिम आज नै कुवेत प्रस्थान गर्दैछ ।

  • सम्बन्धित विषय:

  • # पराजित

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij