Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

  • 340
    SHARES
  • केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

    काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना हुने भएको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्वपश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

    सो प्रणालीहरुको प्रभावले प्रदेश नं-१, मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली भई प्रदेश नं-१, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    हाल देशको प्रदेश नं-१, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई प्रदेश नं-१ र मधेस प्रदेश प्रदेशको थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

    देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रही प्रदेश नं-१, बाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना बताइएको छ ।

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९.८ डग्री र अधिकतम तापक्रम २९.५ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १२.८ डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ४०.४ डिग्री सेल्सियस रहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij