वेबटिभी खबर
काठमाडौं । भारतमा बनेको कोभ्याक्सिन खोप कोरोना भाइरसको बि वान सिक्स वान सेभेन भेरिएन्टमा प्रभावकारी हुने अमेरिकाका प्रमुख मेडिकल एडभाइजर एवं सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउसीले बताएका छन् । फाउसीले मगंलबार एक कन्फ्रेन्समा यसबारे बताएका हुन् ।
फाउसीले भारतमा कोभ्याक्सिन प्रयोग गर्ने व्यक्तिको तथ्यांकले खोपको प्रभावकारिता स्पष्ट पारेको बताएका छन् । यसकारण भारतमा कोरोना संकट हटाउन खोप महत्वपूर्ण साबित हुन सक्छ ।
इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च आइसिएमआरले २० अप्रिलमा कोभ्याक्सिन डबल म्युटेन्ट कोरोना भेरिएन्टविरुद्ध सुरक्षा प्रदान गर्ने बताएको थियो । अध्ययनका आधारमा आइसिएमआरले ब्राजिल, युके र दक्षिण अफ्रिकी भेरिएन्टमा प्रभावकारी रहेको बताएको थियो ।
भारतमा दोस्रो लहर यी भेरिएन्टका कारण सुरु भएको दाबी गरिएको छ । भारतका १० राज्यमा फैलिएको डबल म्युटेन्ट कोरोना भेरिएन्ट सबैभन्दा बढी घातक छ । दु्रत रुपमा प्रसारित यस भेरिएन्टले छोटो अवधिमा पनि धेरै क्षति पुर्याउन सक्छ ।
कोभ्याक्सिन बनाउने हैदराबादको कम्पनी भारत बायोटेक र आइसिएमआरले कोभ्याक्सिनको तेस्रो चरणको अन्तिम क्लिनिकल परीक्षण रिपोर्टमा कोभ्याक्सिन किलिनिकल्ली ८० प्रतिशत र गम्भीर रुपमा प्रभावित संक्रमितमा १०० प्रतिशत काम गर्ने बताएका थिए । कोभ्याक्सिनको अन्तिम रिपोर्ट जुन महिनामा आउनेछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij