Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

कुलो निमार्ण भएपछि रानीज्यूलोमा रोपाइँ सुरु

कुलो निमार्ण भएपछि रानीज्यूलोमा रोपाइँ सुरु

  • 422
    SHARES
  • कुलो निमार्ण भएपछि रानीज्यूलोमा रोपाइँ सुरु

    जुम्ला । गत वर्ष आएको बाढीले क्षति भएको कुलो निर्माण भएपछि तातोपानी गाउँपालिका-१ जुम्लाको रानीज्यूलोमा रोपाइँ सुरु भएको छ ।

    गत कात्तिक १ गते परेको अविरल वर्षाका कारण आएको बाढीले जुम्ला तातोपानी, तिला र हिमामा ठूलो क्षति पुगेको थियो । अन्न भण्डारण गर्ने बेला आएको बाढीले यहाँका सयौं किसानको धान, कोदो, मकै भटमास, सिमीलगायतका अन्न र स्याउबालीमा क्षति पुगेको थियो ।

    भित्र्याउने बेलाको बाली प्राकृतिक विपद्ले खोसेपछि यहाँका किसान मारमा परेका थिए । अहिले कुलो सञ्चालनमा आएसँगै यहाँका किसान निकै हर्षित भएको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए ।

    ‘कृषि विकास कार्यालय जुम्लाको ७ लाख र स्थानीयवासी समुदायको १ लाख श्रमदानबाट बाढीले क्षतिग्रस्त स्थानमा ४१ मिटर आरसिसी कुलो निर्माण भएको हो’, उनले भने, ‘तातोपानी गाउँपालिका-१ जुम्लास्थित रानीज्यूलोमा कुलो निर्माणपछि रोपाइँ सुरु भएको छ ।’

    तत्कालका लागि प्रदेश सरकारको सहयोगबाट ४१ मिटर कुलो आरसिसीका साथै ४० ग्याविन हालेर रोपाइँ सुरु गरिएको छ, तथापि जोखिम क्षेत्रमा कुलो पूरै आरसिसी एवम् बाँध निर्माण गर्न ठूलो योजना चाहिने भएको उनले बताए ।

    रानीज्यूलोको कुलो निर्माणले १६ हेक्टर जमिनमा काली मार्सीधान फल्ने खेतमा सिँचाइ पुगेको कुलो निर्माण उपभोक्ता समितिका अध्यक्ष कलबहादुर कठायतले बताए ।

    ‘क्षतिग्रस्त कुलो नबन्दा धान रोप्न नपाइने हो कि भन्ने आशंका थियो’, उनले भने, ‘यस वर्ष जेनतेन कृषि विकास कार्यालयको सहयोगमा कुलो निर्माण भएर हामीलाई राहत पुगेको छ ।’

    तिला गाउँपालिका-४ जुम्ला नुवाकोटमा पनि विपद्ले बगाएको बालुबाट चौसिलासम्मको १२३ मिटर कुलो आरसिसी निर्माण भएको तर एक्त कुलो धेरै बनाउनुपर्ने आवश्यक रहेको सबइञ्जीनियर बुढ्थापाले बताए । उनका अनुसार जुम्लाका सिँचाइ योजना तथा आरसिसी कुलो ६० बढी स्थानमा निर्माण भइरहेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij