वेबटिभी खबर
काठमाडौं । बलिउडका एक पछि अर्को सेलिब्रेटीहरू कोरोना संक्रमणको शिकार बनेका छन् । अभिनेता कात्र्तिक आर्यन, आदित्य राय कपुर, अभिनेत्री कट्रिना कैफपछि शाहरुख खानलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
फिल्म 'जवान' को छायांकनमा व्यस्त रहेका शाहरुखलाई कोरोना देखिएपछि छायांकन नै पोष्टपोण्ड गरिएको छ । कोरोनाकै कारण कट्रिना आइफा अवार्डमा समेत सहभागी हुन पाइनन् । उनी दोस्रो पटक संक्रमित बनेकी हुन् ।
बलिउड मिडियाहरूले उल्लेख गरे अनुसार निर्माता करण जोहरको ५०औँ जन्मदिनमा सहभागी भएका ५५ जना सेलिब्रेटी संक्रमित भएका हुन् । यद्यपी, करनले भने यसबारे केही बोलेका छैनन् ।
२५ मेमा भएको पार्टीमा कट्रिना, शाहरुख, आमिर खान, सलमान खान, ऐश्वर्या राय, अभिषेक बच्चनलगायत सहभागी भएका थिए ।
आदित्यले सामाजिक सञ्जालमार्फत आफू संक्रमित भएको जानकारी दिएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij