वेबटिभी खबर
सांकेतिक तस्बिर
काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित फर्पिङको जंगलमा दुई जना मृतावस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेश मैनालीले एकजोडी युवा युवती मृतावस्थामा फेला परेको जानकारी दिए ।
उनले मृतावस्थामा भेटिएका व्यक्ति अन्दाजी २२/२३ वर्षको भएको बताए ।
मृतावस्थामा भेटिएका ती व्यक्तिको सनाखत हुन नसकेको र मृत्युका कारण पनि नखुलेको प्रवक्ता मैनालीको भनाइ छ ।
घटनास्थलमा अहिले प्रहरीको टोली पुगेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij