Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

सीमा क्षेत्रबाट उद्वार गरिएका युवकको उपचारका क्रममा मृत्यु

सीमा क्षेत्रबाट उद्वार गरिएका युवकको उपचारका क्रममा मृत्यु

  • 361
    SHARES
  • सीमा क्षेत्रबाट उद्वार गरिएका युवकको उपचारका क्रममा मृत्यु

    कञ्चनपुर । कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका-११ डोकेबजारबाट बेहोस अवस्थामा उद्वार गरिएका नाम वतन खुल्न नसकेका अन्दाजी ३५ वर्षीय युवकको उपचारका क्रममा आज मृत्यु भएको छ ।

    नेपाल भारत सीमा क्षेत्र डोकेबजारबाट भारतीय सीमा सुरक्षा बल एसएसवीले बेहोस अवस्थमा रहेका युवकलाई सोमबार राति नेपाल प्रहरी जिम्मा लगाएको थियो । तत्कालै प्रहरीचौकी परिसरबाट खटी गएको टोलीले युवकलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याएको थियो ।

    उपचारका क्रममा युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए । युवकको शव सेती प्रादेशिक अस्पताल धनगढीको शवगृहमा राखिएको छ ।

    प्रहरी नायब उपरीक्षक शाहका अनुसार मृतकको वर्ण गहुँगोरो, उचाइ पाँच फिट, कपाल कालो, अनुहार गोलो, रातो पाइन्ट, कालो रातो बुट्टेदार हाप टिसर्ट लगाएको बाँया गालामा कोठी र बोके दाह्री र जुंगा भएको हुलिया रहेको छ ।

    मृत्युको कारण भने खुल्न सकेको छैन । युवकको अहिलेसम्म सनाखत हुन नसकेको प्रहरीको भनाइ रहेको छ । प्रहरीले उक्त हुलिया भएको व्यक्तिलाई कसैले आ-आफ्नो वडा एरियामा देख्नु वा चिन्नुभएको छ भने मृतकको घरपरिवार वा प्रहरी कन्ट्रोल १०० मा खबर गरिदिनसमेत अनुरोध गरेको छ ।

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरी रहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij