वेबटिभी खबर
काठमाडौं । काठमाडौं महानगरपालिका र नविल बैंक लिमिटेडबीच सार्वजनिक शौचालय सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । नबिल बैंकले बुधबार काठमाडौंका १८ वटा शाखामा सार्वजनिक शौचालय सञ्चालन गर्न महानगरसँग सम्झौता गरेको हो ।
सम्झौतापत्रमा काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल र नविलका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरेका छन् ।
सम्झौता ५ बर्षको रहेको छ । शौचालयको मर्मत सम्भार सरसफाइ, पानीको प्रबन्ध पानीको प्रबन्ध र निकासको व्यवस्था बैंकले गर्नेछ ।
सम्झौता कार्यक्रममा नविलका कार्यकारी अधिकृत शाहले सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले निःशुल्क सार्वजनिक शौचालय सञ्चालनमा ल्याउने जानकारी दिए ।
बैंकको केन्द्रीय कार्यालय दरबार मार्ग तीनधारा, जोरपाटी, महाराजगन्ज, नयाँ बानेश्वर, क्षेत्रपाटी मार्ग, चावहिल, मैतीदेवी कम्प्लेक्स लगाएतका स्थानमा सर्वसाधारणले निःशुल्क शौचालय प्रयोग गर्न पाउने भएका हुन्र ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij