वेबटिभी खबर
काठमाडौं । काठमाडौंको फोहोर आज (शुक्रबार) देखि उठ्ने भएको छ । बिहीबार राति काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीयवासीबीच सहमति भएसँगै आजबाट फोहोर उठाइने भएको हो ।
काठमाडौं महानगर र ल्यान्डफिल साइट प्रभावित क्षेत्रका जनप्रतिनिधिबीच १८ बुँदै सहमति भएको हो । सहमति अनुसार अब फोहोर ढुवानी रातिको समयमा मात्र हुनेछ भने स्थानीयवासीका लागि महानगरले नियमित बजेट छुट्टाउनुपर्ने देखि पूर्वाधार निर्माणसम्म गर्नुपर्ने छ ।
सहमति पत्रमा महानगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, ककनी गाउँपालिका-१ का वडाध्यक्ष पदमबहादुर श्रेष्ठ, वडा-२ का वडाध्यक्ष तिलकबहादुर लामा, धुनिवेंसी गाउँपालिका-१ वडाध्यक्ष मानबहादुर तामाङ र ३ का वडाध्यक्ष प्रकाश हमालले हस्ताक्षर गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij