Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

औषधि र स्वास्थ्यकर्मी नहुँदा झारफुकको भरमा उपचार

औषधि र स्वास्थ्यकर्मी नहुँदा झारफुकको भरमा उपचार

  • 516
    SHARES
  • औषधि र स्वास्थ्यकर्मी नहुँदा झारफुकको भरमा उपचार

    मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका-२ को मुगु स्वास्थ्य चौकीमा औषधि र स्वास्थ्यकर्मी नहुँदा त्यहाँका स्थानीयलाई समस्या भएको छ ।

    स्वास्थ्य संस्थामा औषधि नहुँदा र कार्यरत स्वास्थ्यकर्मी नियमित स्वास्थ्य संस्थामा नबस्दा त्यहाँका स्थानीय परम्परागत धार्मिक आस्था झारफुवको भरमा बिरामीलाई उपचार गर्न बाध्य हुने गरेका छन् ।

    मुगु स्वास्थ्य चौकीमा स्थानीय सरकारबाट सिनियर अहेब र अनमी गरी दुई जनाको दरबन्दी भए पनि स्वास्थ्कर्मी नियमित स्वास्थ्य संस्थामा नबस्दा र सिटामोलसमेत पाउन समस्या भएपछि बिरामी झारपुक र झाँक्रीको भरमा बस्ने गरेका छन् ।

    ४ सय घर परिवार रहेको मुगु गाउँमा लामा, तामाङ र दलित समुदायका मानिसहरू बस्दै आएका छन् । स्वास्थ्य चौकीमा नियमितरूपमा स्वास्थ्यकर्मी नबस्दा स्वास्थ्य संस्थामा रहेका लाखौं मूल्यका भवनहरूमा माकुराको जालो लाग्न थालेको छ ।

    यहाँका स्थानीय बिरामी हुँदा सदरमुकाम गमगढीमा रहेको जिल्ला अस्पताल मुगु र जुम्ला जाने गरेका छन् । स्वास्थ्य सेवा प्रवाह गर्ने गरी व्यवस्था मिलाउने प्रयासमा रहेको मुगम कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवाश चन्द्र रावलले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij