Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

पाठ्यपुस्तक छिटो ल्याउन नेविसंघको माग 

पाठ्यपुस्तक छिटो ल्याउन नेविसंघको माग 

  • 506
    SHARES
  • पाठ्यपुस्तक छिटो ल्याउन नेविसंघको माग 

    मुगु । मुगुमा पाठ्यपुस्तक यथाशीघ्र ल्याउन नेपाल विद्यार्थी संघ मुगुले माग गरेको छ । नेविसंघले मुगुमा छिटोभन्दा छिटो पाठ्यपुस्तक ल्याउन माग गरेको हो ।

    शैक्षिकसत्र सुरु भएको दुई महिना हुनलाग्दा पनि मुगुमा हालसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन् । जिल्ला शिक्षा समन्वय इकाइ मुगुलाई ज्ञापनपत्र बुझाउदै नेविसंघले तत्काल पाठ्यपुस्तक ल्याउन माग गरेको संघ मुगुका संयोजक सोविन्द्र बहादुर मल्लले बताए ।

    उनका अनुसार शैक्षिक सत्र सुरु भइसक्दा पनि हालसम्म मुगुमा पाठ्यपुस्तक नपाउँदा विद्यार्थी मर्कामा परेपछि ध्यानाकर्षण पत्र बुझाएका हो । तत्का पाठ्यपुस्तक नआए सशक्तरूपमा आन्दोलन उत्रिने नेविसंघले चेतावनी दिएको छ ।

    मुगुमा सामुदायिक तथा निजी गरी १४० विद्यालयमा अध्ययनरत १७ हजार विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक खरिदका लागि २८ लाख ४९ हजार ९७ रूपैयाँ  सम्बन्धित विद्यालयको खातामा पठाइसकेको छ ।

    पाठ्यपुस्तक खरिदको जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारले हालसम्म पनि पुस्तक जिल्लामा ल्याउन सकेको छैन । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij