Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

हराएका सांसद खाेज्दै जनमोर्चा

हराएका सांसद खाेज्दै जनमोर्चा

  • 743
    SHARES
  • हराएका सांसद खाेज्दै  जनमोर्चा

    काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीको स्थिति सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

    प्रदेश सांसदको पिसिआर परीक्षण गर्दा शाहीको रिपोर्ट नेगेटिभ आएको तर, अचानक कोरोना संक्रमित भनेर अस्पताल भर्ना भएको सन्दर्भमा पार्टीलाई केही थाहा नभएको भन्दै स्थिति सार्वजनिक गर्न माग गरिएको हो ।

    पार्टी प्रवक्ता दुर्गा पौडेलले विज्ञप्ति जारीगर्दै आफ्ना पार्टीका सांसदको अवस्थाबारे पार्टीलाई नै केही थाहा नभएको उल्लेख छ । संसदको कामलाई सामान्य र स्वभाविक ढंगले संचालन गर्न दिइनु पर्नेमा पनि जनमोर्चाले जोड दिएको छ । 

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्ने बेला अचानक शाही बेपत्ता भएका थिए । अविश्वास प्रस्तावमा मतदानका बेला आफ्नो पार्टीका सांसदको अनुपस्थिति रहस्यमय भएको उल्लेख गर्दै जनमोर्चाले त्यसप्रति आश्चर्य र दुःख व्यक्त गरेको छ । जनमोर्चा मुख्यमन्त्री गुरुङको विपक्षमा मतदान गर्ने तयारीमा थियो । उनी वेपत्ता भएपछि जनमोर्चाले दिएको निवेदनका आधारमा प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थागित भएको छ । 

    संसद्को कामलाई सामान्य र स्वभाविक प्रकारले सञ्चालन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ । गण्डकी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध पेश भएको अविश्वास प्रस्स्तावमा मतदानका बेला आफ्ना पार्टीका सांसद खिमविक्रम शाहीको भएको अनुपस्थिति रहस्यमय भएको जनाउँदै सो पार्टीले त्यसप्रति आश्चर्य र दुःख व्यक्त गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij