Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

कविता : प्रेम र प्रकृति

कविता : प्रेम र प्रकृति

  • 3.5K
    SHARES
  • कविता : प्रेम र प्रकृति

    आज धर्तीमा एउटा अनुपम छटा देखिएको छ 
    सूर्य र हिमालको प्रणय छताछुल्ला पोखिएको छ 
    सूर्यले हिमालको सिउँदो सजाइदिंदा
    हिमाल मदहोस् भएर झुमिदिंदा
    आज आकाशमा बिछट्टै उज्यालो फैलिएको छ
    नाप्नै नै हो भने
    आज हिमाल एकबित्ता अग्लेको छ 
    नलग्लिनु पनि किन ?
    त्यो उसको प्राकृतिक अधिकार हो 
    आज उसको सूर्यको जन्म दिन हो । 

    माथि त्यो हल्लीखल्ली चलिरहँदा
    तल हिमनदी....?

    सूर्यसँग प्रेम बसेपछि नै हो
    हिमनदी आफ्नो लयमा बग्न थालेको
    हास्न बिर्सिसकेको ऊ हास्न थालेको थियो 
    पलपल मर्दै गइरहेको ऊ बाँच्न थालेको थियो
    आज भने ऊ टक्क रोकिएको छ
    कति पेचिलो छ,

    सत्यता बाध्यता समाज र विधताको कथा 
    जीवन, जगत् प्रेम अनि नैतिकताको कथा 
    माथि शिखरमा प्रेम उत्सव छ
    खोँचमा प्रेम चीत्कार छ 
    आज हिमनदी हिममैदान बनेको छ ।

    आज समयले एउटा नयाँ प्रश्न सोधेको छ
    आज प्रेमले एउटा नयाँ उत्तर खोजेको छ 
    आँसु त हत्केलाले पुछ्न सकिन्छ 
    मुटु केले पुछ्ने होला ? 

  • सम्बन्धित विषय:

  • # कविता

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij