Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

माध्यमिक तहकाे परीक्षा नतिजा हेर्नुहाेस्

माध्यमिक तहकाे परीक्षा नतिजा हेर्नुहाेस्

  • 1.2K
    SHARES
  • माध्यमिक तहकाे परीक्षा नतिजा हेर्नुहाेस्

    काठमाडौं । शिक्षक सेवा आयोगले  माध्यमिक तह, द्वितीय श्रेणी शिक्षक पदको गत चैत २१ गते लिइएको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

    आयोगले २०७९ जेठ २९ गते गरेको निर्णय अनुसार नतिजा सार्वजनिक गरेको हो । वस्तुगत उत्तरपुस्तिकमा प्रश्नपत्रको सेट उल्लेख नगरेका वा दुई वा दुईभन्दा बढी सेटमा संकेत गरेका उम्मेदवारहरूको उत्तरपुस्तिका रद्द गरिएको आयोगले आज जारी गरेको सूचनामा उल्लेख छ ।

    शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २६ को उपनियम (१) बमोजिम कुनै उम्मेदवारले झुटा विवरण पेश गरेको देखिन आएमा त्यस्ता उम्मेदवारको दरखास्त रद्द गर्ने गरेको छ ।

    हेर्नुहाेस् नतिजा

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij