Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

अज्ञात रोगका कारण मर्न थाले बंगुर

अज्ञात रोगका कारण मर्न थाले बंगुर

  • 528
    SHARES
  • अज्ञात रोगका कारण मर्न थाले बंगुर

    झापा । अज्ञात रोगका कारण खोरमै बंगुर मर्न थालेपछि मेचीनगर नगरपालिका-६ का भक्तबहादुर राई चिन्तित भएका छन् । एक हप्ताको अन्तरालमा उनले पालेका ५८ उन्नत जातका बंगुर मरिसकेका छन् ।

    स्माट एग्रो फर्म नामक संस्था दर्ता गरेर विगत दुई वर्षदेखि किसान राईले ४७ लाखको लागतमा मेचीनगर-८ स्थित मंगलचोकमा बंगुर पाल्नु सुरु गरेका थिए । फार्ममा रहेका ९४ विभिन्न प्रजातिका बंगुरमध्ये ५८ अज्ञात रोगका कारण मरेका छन् ।

    उनले भने, ‘बाँकी बंगुरलाई कसरी जोगाउने भन्ने चिन्ता थपिएको छ ।’ ल्याण्डप, पाख्रीबास, डिउरो, होल्याण जस्ता उन्नत जातका बंगुरपालन गरेका राईको खोरमै दैनिक ६ देखि ७ वटासम्म १३० केजीसम्मका बंगुर मर्न थालेपछि उनलाई बाँकी रहेका बंगुर जोगाउन मुस्किल परिरहेको छ ।

    ‘हप्तादिनको अवधिमा ५० किलोदेखि १३० किलोसम्मका बंगुर भटाभट मरे’, उनले भने, ‘पाठापाठीको त हिसाबै राखेका छैनन् । मरेकामध्ये पाँच ठूला बंगुरको मात्र इन्स्योरेन्स गरेको थिएँ ।’

    बंगुरमा छेरौटी, उच्च ज्वरो, आहारा नखाने र झोक्राएर बस्नेजस्ता लक्षण देखिएको उनको भनाइ छ । हालसम्म मेचीनगर नगरपालिकाको पशुसेवा विभागले प्रयोगशाला परीक्षण नगरेको जनाएको छ ।

    विभाग प्रमुख पशु प्राविधिक छत्रबहादुर राईले रोगको पहिचानका लागि जिल्लाको समन्वयमा प्रयोगशाला परीक्षणका लागि पठाउने तयारी भइरहेको बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij