Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

मिटरब्याजी रामदेव साहबाट ठगिएका पीडितहरूलाई प्रमाणसहित आउन प्रहरीको आग्रह

मिटरब्याजी रामदेव साहबाट ठगिएका पीडितहरूलाई प्रमाणसहित आउन प्रहरीको आग्रह

  • 529
    SHARES
  • मिटरब्याजी रामदेव साहबाट ठगिएका पीडितहरूलाई प्रमाणसहित आउन प्रहरीको आग्रह

    सप्तरी । सप्तरीको कुख्यात मिटरब्याजी रामदेव साह तेली परिवारबाट ठगिएका पीडितहरूलाई प्रमाणसहित सम्पर्कमा आउन प्रहरीले आह्वान गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय सप्तरीदले बुधबार एक सूचना जारी गर्दै प्रमाणसहित इलाका प्रहरी कार्यालय कल्याणपुरमा सम्पर्क गर्न आह्वान गरेको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रहरी निरीक्षक भानु खड्काद्वारा जारी सूचनामा तेली परिवारबाट ठगी भएको भए आवश्यक प्रमाण लिई सम्पर्कमा आउन अनुरोध गरेको हो ।

    ‘खडक नगरपालिका वडा नम्बर ७ कल्याणपुर स्थायी वतन भएका रामदेव साह, उनका श्रीमती शिव कुमारी देवी साह, छोरा नन्दकिशोर साह, छोरीहरू रेणु कुमारी साह, अनुराधा कुमारी साहसमेतले विभिन्न मानिसलाई मालपोत कार्यालयमा धितो स्वरुप घरजग्गा तथा अन्य जायजेथा रजिष्ट्रेशन गराई चर्को ब्यजमा ऋण लगानी गर्ने गरेको र लिएको ऋण रकमको साँवा ब्याज समेत चुक्ता गर्दा समेत घरजग्गासहित फिर्ता नगरी ठगी गर्दै आएको भनि यस कार्यालय मातहत ईलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीमा पीडितहरूको जाहेरी दर्खास्त परी अनुसन्धान भईरहेको’ प्रहरीद्वारा जारी सूचनामा जनाइएको छ ।

    साहसहित परिवारले ठगी गरेको भए पीडितहरू आवश्यक प्रमाणसहित आउन प्रहरीले सुचनामार्फत पीडितहरूलाई आग्रह समेत गरेको छ ।

    ‘सर्वसाधारण मानिसको घरजग्गा समेतको जायजेथा धितो राखी चर्को व्याजमा ऋण लिई रकम चुक्ता गर्दा समेत घरजग्गा समेतको जायजेथा नपाई वा अन्य कुनै किसिमले ठगी गरेको भए प्रमाणसहित लिई यस कार्यालय मातहत ईलाका प्रहरी कार्यालय कल्याणपुरमा सम्पर्क राख्न सर्वसाधारण सबैमा जानकारीको साथ विनम्र अनुरोध छ,’ जिल्ला प्रहरी कार्यालयले जारी गरिएको सूचनामा उल्लेख छ ।

    मिटरब्याजी रामदेव साह तेलीका छोरा नन्दकिशोर साह, छोरी अनुराधा कुमारी साहलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ । मुख्य अभियुक्त रामदेवलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij