Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

श्रम स्वीकृतिका लागि काठमाडौं पुग्नुपर्ने बाध्यता हट्यो

श्रम स्वीकृतिका लागि काठमाडौं पुग्नुपर्ने बाध्यता हट्यो

  • 582
    SHARES
  • श्रम स्वीकृतिका लागि काठमाडौं पुग्नुपर्ने बाध्यता हट्यो

    भैरहवा । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीको बहानामा ठगी गर्ने कोही कसैलाई छुट नहुने बताएका छन् । 

    बुधबारबाट भैरहवामा संचालनमा आएको वैदेशिक रोजगार व्यवस्थापन शाखाको उद्घाटन गर्न रूपन्देही पुगेका मन्त्री श्रेष्ठले भने ‘म जे बोल्छु त्यही गर्छु, गर्न सक्ने मात्र बोल्छु । सोझासाझा श्रमिकलाई ठगेर विदेश बस्ने दलालमाथि कानुनी कारवाही हुन्छ ।
    ‘सोझासाझा नागरिकलाई ठगेर विदेश गएर बस्ने दलालहरूले अब ठगी गर्न नसोचे हुन्छ, हामी ठगी गर्न दिदैनौँ’, उनले चेतवानी दिँदै भने, ‘ठगी गरेर विदेश जाने दलालहरूलाई विश्वको जुनसुकै कुनामा भए पनि घिसारेर ल्याउँछौँ ।’ 

    ‘विदेश पठाउने भन्दै ठगहरूले हाम्रा दाजुभाइलाई ठगिरहेका छन्, अब त्यस्ता ठगहरूलाई ठग्न दिइने छैन’, मन्त्री श्रेष्ठले भने, ‘कतिपय ठगेर विदेशमा गएर बस्ने गरेका छन्, हामीले त्यस्ता ठगलाई जहाँ भए पनि ल्याएर कारवाही गर्छौं ।’ उनले ठगहरूविरूद्ध प्रहरी मार्फत रेड कर्नर नोटिस जारी गराएर विदेशमा लुकेर बसेकाहरूलाई स्वदेशमा ल्याउन लागेको जनाए ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै यो कार्यालय स्थापना हुनुपर्छ भन्ने ठूलो आवाज थियो । शाखा संचालनमा आएपछि पूर्व श्रम स्वीकृति, अन्तिम श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिका लागि काठमाडौं जानुपर्ने बाध्यता हटेको छ । श्रेष्ठले जिल्ला प्रशासन कार्यालय अगाडि भैरहवामा वैदेशिक रोजगार व्यवस्थापन शाखाको उद्घाटन गरेका हुन् । कार्यालयमा शाखा अधिकृतस्तरको कर्मचारीको नेतृत्वमा काम सुरू भएको छ । 

    भैरहवामा अब अन्य पूर्वाधार, भिसा सेन्टर, मेडिकलको व्यवस्था लगायत काम हुने गरी लाग्ने बताए । विमानस्थलबाट व्यवसायिक उडान सुरू भएको दुई महिनापछि श्रमस्वीकृति दिने उद्देश्यसाथ कार्यालय स्थापना भएको छ यसले नरायण वारीसँगै लुम्बिनी प्रदेशसहित कर्णाली, सुदूरपश्चिम, गण्डकी प्रदेशका केही जिल्लाहरूका नागरिकलाई पनि सेवा लिन सहज हुनेछ । 
    शाखा स्थापना भएपछि भीसा सेन्टरका लागि पनि सम्बन्धित देशका राजदुतावास मार्फत कुटनीतिक पहल भइरहेको मन्त्रलायले जानकारी दिएको छ । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij