Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रमको उद्घाटन ओलीले गर्ने

एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रमको उद्घाटन ओलीले गर्ने

  • 740
    SHARES
  • एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रमको उद्घाटन ओलीले गर्ने

    काठमाडौं । नेकपा (एमाले) बाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिलाई प्रशिक्षण दिइने भएको छ ।

    गत ३० वैशाखमा चुनावमा आफ्नो पार्टीबाट जितेकामध्ये पालिका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षलाई एमालेले प्रशिक्षण तथा अभिमुखीकरण दिन लागेको हो ।

    एमाले सचिवालय बैठकको निर्णय अनुसार आज र शुक्रबार जनप्रतिनिधिलाई प्रशिक्षण दिइनेछ ।

    आज बिहान ११ बजे भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभा गृहमा प्रशिक्षण कार्यक्रमको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

    एमाले स्कुल विभागले जनप्रतिनिधिलाई प्रशिक्षण दिने छ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij